मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

भरुवा बन्दुकसहित दुई जना पक्राउ

बिहीबार, ०९ वैशाख २०७८, २३ : ०२
बिहीबार, ०९ वैशाख २०७८

कैलाली । कैलालीको गौरी गङ्गा नगरपालिका–७ का वीरबहादुर थापामगर र इन्द्रबहादुर विकलाई दुई थान भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ ।  खुट्टामा गोली लागेर घाइते भएका इन्द्रबहादुर विक स्थानीय स्वास्थ्य संस्थामा उपचाररत रहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सोधपुछ गर्दा उनीहरुको साथबाट बुधबार उक्त हतियार बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

 सोही ठाउँको शिवशङ्कर सामुदायिक वनमा वन्यजन्तुको चोरी सिकारी गर्ने क्रममा वीर बहादुरले बोकेको बन्दुक पड्किन गएर सँगै रहेका इन्द्रबहादुर विक घाइते भएको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप