शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पुनःमतदान हुँदा पनि पत्रकार महासङ्घ नुवाकोटको अध्यक्षमा खनाल निर्वाचित

बिहीबार, ०९ वैशाख २०७८, २१ : ४१
बिहीबार, ०९ वैशाख २०७८

नेपाल पत्रकार महासङ्घ नुवाकोट शाखाको अध्यक्षमा कपिलदेव खनाल विजयी भएका छन् । शाखाको नेतृत्व चयन गर्नका लागि बुधबार भएको मतदानको गएराति आएको मत परिणामअनुसार खनाल अध्यक्षमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।
    
गत चैत २५ गते महासङ्घको देशैभरका शाखा, प्रदेश र केन्द्रीय समितिको नेतृत्व चयन गर्नका लागि भएको मतदानका क्रममा नुवाकोटको मतपत्रमा त्रृटि फेला परेपछि पुनःमतदान गरिएको हो ।

अध्यक्षमा निर्वाचित खनालले ११८ मत ल्याए थियो भने उनको प्रतिद्वन्द्वी नारायण नेपालले पाँच मत ल्याएका थिए ।


 
उपाध्यक्षमा नवदीप श्रेष्ठ, महिला उपाध्यक्षमा जमुना गजुरेल, सहसचिवमा भरतसन्तोषी लामा, कोषाध्यक्षमा सुनिल विष्ट र सदस्यमा कृष्ण अधिकारी, राममणि अधिकारी, रवीन दाहाल, सुजित भण्डारी, हरि भेटुवाल र मुकुन्दराज अर्याल विजयी हुनुभएको केन्द्रीय प्रतिनिधि तथा महासङ्घका केन्द्रीय सदस्य ध्रुवकुमार रावलले जानकारी दिए ।
    
केन्द्रीय परिषद् सदस्यमा भोलाराज पौडेल, बद्री प्याकुरेल, देवचन्द्र भट्ट र किरण अधिकारी निर्वाचित  भएका छन् ।

सचिव, सहसचिव महिला, समावेशीतर्फको चार सदस्य पद र प्रदेश परिषद् सदस्य पदमा यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । एक सय ७४ सदस्य रहेकामा मतदानमा १२५ मत खसेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप