शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मकवानपुरमा २९ जना कोरोना संक्रमित थपिए

बिहीबार, ०९ वैशाख २०७८, १८ : ३४
बिहीबार, ०९ वैशाख २०७८

मकवानपुर । मकवानपुरमा पछिल्लो समय कोरोना संक्रमितको संख्या तिब्र रुपमा बढ्दै गएको छ । छिमेकी मुलुक भारतसहित नेपालमा पनि कोरोनाको दोस्रो लहर सरु भएसँगै मकवानपुरमा पनि कोरोना संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ ।

मकवानपुरमा बिहिबार एकजना भारतीय नागरिकसहित २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  ५२ जनाको स्वाबको नमुना परीक्षण गर्दा जिल्लाका विभिन्न स्थानका र बाहिरी जिल्लाका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा आज सक्रिय संक्रमितको संख्या ९८ जना पुगेको छ ।

कोरोना संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका २२ जना, भीमफेदी गाउँपालिका वडा नम्बर–४ का २ जना र मनहरी गाउँपालिका वडा नम्बर–३ का २ जना र बाहिरी जिल्लाका ४ जना रहेका छन् । बाहिरी जिल्ला घर भएका तर हाल कामको शिलशिलामा हेटौंडा बस्दै आएका ४ जनामध्ये बाराका २ जना र नुवाकोटका एक जना रहेका छन् । 

संक्रमण पुष्टि हुनेमा अर्का एक व्यक्ति भने भारतीय नागरिक रहेका छन् ।  मकवानपुरमा बुधबार मात्र २ जना बालकसहित २५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।  मकवानपुरमा हालसम्म ४ हजार जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ भने कोरोना संक्रमणका कारण ३३ जना व्यक्तिको मृत्यु भइसकेको छ ।  त्यस्तै ३ हजार ८ सय ६९ जना कोरोना संक्रमितहरु संक्रमणबाट मुक्त भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप