शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गण्डकीमा थप ८० जनामा कोरोना संक्रमण पुष्टि

बिहीबार, ०९ वैशाख २०७८, १७ : ५३
बिहीबार, ०९ वैशाख २०७८

पोखरा । गण्डकी प्रदेशमा थप ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरा र लाइफ केयर एण्ड डाइनोस्टिक प्रालिमा गरिएको परीक्षणमा थप ८० जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ । 

संक्रमितहरुमा सबैभन्दा धेरै पोखराका ५५ जना रहेका छन् । तीमध्ये पोखरा ८ मा ९ जना, १७ मा ७ जना रहेका छन् । बाँकी अन्य वडाका रहेका छन् । योसँगै पोखरा सहित कास्कीमा कुल कोरोना संक्रमितको संख्या ८ हजार ९६३ पुगेको छ । 

हालसम्म कास्कीमा ८ हजार ३०७ जना कोरोना मुक्त भएका छन् । हालसम्म कास्कीमा कोरोनाका कारण ११८ जनाको मृत्यु भएको छ ।  यसैगरी म्याग्दीमा ११, नवलपरासी पूर्वमा ५ जना, स्याङजाका ४, पर्वतका ३, लमजुङ र तनहुँका एक, एक जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदबिन्दु शर्माले बताए ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १७ हजार ४८८ पुगेको छ । अहिलेसम्म प्रदेशमा १६ हजार ५ सय ३१ जना निको भएका छन् ।  कोरोनाका कारण प्रदेशमा हालसम्म २११ जनाको मृत्यु भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप