शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कर्णालीमा ८७ जनामा कोरोना संक्रमण पुष्टि

बिहीबार, ०९ वैशाख २०७८, १७ : ३४
बिहीबार, ०९ वैशाख २०७८

सुर्खेत । कर्णालीमा प्रदेशमा १०६ जनाको आरटी पिसिआर बिधिबाट कोरोना परीक्षण गर्दा ८७ जनामा संक्रमण पुष्टि भएको छ । बिहिबार कर्णाली प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा ९० जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाबाट १६ जनाको स्वाब आरटी पिसिआर विधिबाट परीक्षण गरिएकोमा ८७ जनामा नयाँ संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमण पुष्टि भएका मध्ये सुर्खेतका ७६, कालिकोटका ३, जुम्लाका २, जाजरकोटका १, दैलेखका २ र अन्य जिल्लाका ३ जना रहेको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

त्यस्तै, र्यापिड एन्टिजेन बिधिबाट ५७ जनामा कोरोना परीक्षण गर्दा नयाँ संक्रमण पुष्टि भएको संख्या १७ रहेको निर्देशनालयले जनाएको छ । सो बिधिबाट परीक्षण गर्दा दैलेखका २, सल्यानका ९ जना, रुकुम पश्चिमका ५ र जुम्लाका १ जनामा कोरोना पुष्टि भएको छ ।

कर्णालीमा हाल कोरोना संक्रिय संक्रमितको संख्या २१२ जना रहेका छन् । तीमध्ये सुर्खेतका १९९, दैलेखका १२, जाजरकोट एक जना रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप