शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एक हप्तायता विपदका घटनामा परेर ७ जनाको मृत्यु

बिहीबार, ०९ वैशाख २०७८, १७ : १०
बिहीबार, ०९ वैशाख २०७८

काठमाडौं । मुलुकभर पछिल्ला एक हप्तायता भएका विपदका घटनामा परेर ७ जनाको मृत्यु भएको छ । वैशाख १ गतेदेखि ९ गतेसम्म भएका आगलागी, चट्याङ र जनावरको आक्रमणमा परेर ७ जनाको मृत्यु भएको हो । घटनामा परेर २५ जना घाइते भएका छन् । 

रातोपाटीलाई प्राप्त विवरणअनुसार पछिल्ला ९ दिनमा आगलागीका १०३, चट्याङ २६, जनावरको आक्रमण ४, पहिरो ९ र हावा हुरीका १० वटा विपदका घटना भएका छन् । घटनामा ५ करोड, २७ लाख ५५ हजार ८ सय रुपैयाँ बराबरको क्षति भएको छ भने ९५ वटा चौपायाको मृत्यु भएको राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप