ad
केन्द्रीय संस्करण

कोका–कोला अब मात्र २५ रुपैयाँमा

person explore access_timeबैशाख ९, २०७८ chat_bubble_outline0

काठमाडौं । कोका–कोलाले १७५ मिलिलिटर ग्लासको बोतल नेपालमा ल्याएको छ । कोका–कोलाले यसको मूल्य मात्र २५ रुपैयाँ तोकेको छ ।

नयाँ ग्लासको बोतल विशेष गरी नेपाली उपभोक्ताहरूका लागि डिजाइन गरिएको कम्पनीले बताएको छ । यो बोतलमा छापिएको नेपाली भाषामा लेखिएको नयाँ कोका–कोलाको लोगोले स्थानीय रुपमा आफ्नो उपभोक्ताहरूसँग गहिरो सम्बन्ध निर्माण गर्ने कम्पनीको विश्वास छ ।

कोका–कोलाको पेय पदार्थको श्रेणीमा उपलब्ध आरजीबी (रिटर्नेबल ग्लास बोतल) नेपालमा रहेको सबैभन्दा सानो बोतल हो । नेपाली उपभोक्ताहरूको चाहाना अनुरुप कोका–कोलाले नयाँ पेय पदार्थ बोतल र प्याकेजहरु उपलब्ध गराउँदै आइरहेको छ ।

आरजीबी रियुजेबल बोतलहरु वातावरण मैत्री हुने भएकाले यसलाई प्राथमिकता दिएको कम्पनीले जनाएको छ  ।नयाँ १७५ मिलिलिटर आरजीबी बोतल कोका–कोला, स्प्राइट र फ्यान्टामा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.