नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि, ६ कम्पनीको सेयरमा सकारात्मक सर्किट लाग्दा चन्द्रागिरिको मूल्य घट्यो
![नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि, ६ कम्पनीको सेयरमा सकारात्मक सर्किट लाग्दा चन्द्रागिरिको मूल्य घट्यो](https://rpcdn.ratopati.com/media/albums/Nepal_Stok_exchange_nepse_kONCD2YSWm.jpg)
काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से परिसूचक इन्डेक्समा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार नेप्से परिसूचक १५.८० अंकले बढेर २ हजार ६ सय ४८ अंकमा पुगेको हो ।
यस दिन प्रमुख कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत ३.२१ अंकले बढेर ४७६.६० अंकमा पुगेको छ ।
यस दिन २१४ कम्पनीको ७५ हजार १०८ पटकको कारोबार भएकोमा ५ अर्ब ९१ करोड ५१ लाख ३९ हजार रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता सेयर खरिद विक्रि भएका छन् ।
आज ६ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । विशाल बजार कम्पनी, सिन्धु विकास बैंक, महिला लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक, ज्योति लाइफ इन्स्योरेन्स र नेपाल क्रेडिट एण्ड कमर्स बैंकको सेयरले सकारात्मक सर्किट लागेको छ भने, यता हिमालयन उर्जाको सेयरमूल्य सर्वाधिक ३.४४ प्रतिशतले घटेको छ ।
त्यस्तै, पञ्चकन्या माइ हाइड्रोपावर, मन्जुश्री फाइनान्स, मिल दोलखा, चन्द्रागिरी हिल्स, नेपाल हाइड्रो डेभलोपर्स, रिडी हाइड्रोपावरको सेयरमूल्य २ प्रतिशत भन्दा बढिले घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुस १५ भित्र विभागीय रिपोर्ट पेस गर्न एमालेको निर्देशन
-
‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान’ घोषणा
-
टीयू मैदानमा अझै छ क्रिकेट क्रेज, तस्बिरहरू
-
मुम्बई : यात्रुले भरिएको डुङ्गा समुद्रमा पल्टिँदा दुई जनाको मृत्यु
-
जनजीविका र राष्ट्रिय मुद्दामा समाजवादी मोर्चा निष्प्रभावी
-
उमर खालिदले दिल्लीको अदालतबाट पाए अन्तरिम जमानत