‘राष्ट्रिय सुरक्षामा आँच आउने काम कतैबाट हुनुहुँदैन’
बिहीबार, ०९ वैशाख २०७८, १५ : ०७

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले गरिमामय सैन्य सङ्गठनमा प्रतिकूल हुने कार्य नगर्न सम्बद्ध सबैलाई निर्देशन दिएका छन् । नेपाली सेनाका सकल दर्जालाई मानवीय मूल्य, मान्यताप्रति संवेदनशील रहेर उनीहरुलाई नैतिकवान् एवं सत्चरित्रवान् बनाउन अभिप्रेरित गर्ने उद्देश्यले आयोजित साताव्यापी सैनिक आचरणसम्बन्धी कार्यक्रमको आज समापन गर्दै उनले आचरणमा नबस्दा नेपाली सेना कमजोर हुने र यसले व्यक्तिगत, समूहगत वा छद्मभेषी तत्वलाई मात्र फाइदा पुग्ने बताए । “राष्ट्रिय सुरक्षामा आँच आउने काम कहीँकतैबाट हुनुहुँदैन”, उनले भने ।
सैनिक आचारसंहिता कार्यान्वयनमा आएको र यसलाई दण्ड सजाय व्यवस्थाका रूपमा नलिई सङ्गठनमा सकारात्मक संस्कृतिको थालनी मान्न उनले आग्रह गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, तराईका भूभागहरूमा तातो लहर चल्ने
-
राष्ट्र सङ्घमा प्रस्तुत चन्द्रागिरिको स्वैच्छिक मूल्याङ्कन कार्ययोजना प्रतिवेदन सार्वजनिक
-
पुटिन र ट्रम्पका दूतबीच मस्कोमा ३ घण्टा कुराकानी, रचनात्मक बैठक भएको रुसी प्रतिक्रिया
-
महाकालीको बार आज कुन राशिलाई कस्तो फल ?
-
मुग्लिन पोखरा सडक : दमौली बजार खण्डमा दोस्रो चरणको कालोपत्रे सुरु
-
आज यस्तो छ अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन डलर, क्यानेडियन डलर र चिनियाँ युआनको मूल्य