एमाले सांसदले ओलीलाई बुझाए जवाफ: सुरेन्द्र पाण्डेको जवाफमा के छ ? (पूर्णपाठसहित )

काठमाडौं । नेकपा एमालेको खनाल–नेपाल समूहका २७ सांसदले पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ बुझाएका छन् । मंगलबार ओलीले तीन दिने म्याद राखेर संघका २७ र प्रदेशका ५ सांसदलाई सोधेको स्पष्टीकरणको जवाफ बुझाएका हुन् ।
उनीहरुमध्ये केहीले एमाले संसदीय दलको कार्यालय त केहीले इमेलमार्फत जवाफ बुझाएका हुन् । अध्यक्ष ओलीले माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई भने २ दिनको समय र अन्यलाई ३ दिनको समय दिएर स्पष्टीकरण सोधेका थिए । ओलीले चित्तबुझ्दो जवाफ नदिए सांसदबाटै हटाउने चेतावनी दिएका थिए ।
नेता सुरेन्द्र पाण्डेले पनि आजै स्पष्टीकरणको जवाफ पठाएका छन् । उनले केपी ओलीले अध्यक्षका हैसियतले चालेका कदमहरू पार्टीको विधानविपरीत भएको आरोप जवाफ दिएका छन् । साथै पार्टीमा आफुहरुले गरेको आलोचना र विरोधलाई सरकारविरुद्ध काम गरेको भन्ने हो भने लोकतन्त्रको नै मृत्यु हुने र पार्टीको माक्र्सवाद–लेनिनवादको द्वन्द्ववादी सिद्धान्त तथा जनवादको अवसान हुने जवाफ फर्काएका छन् ।
‘मलाई प्रेषित पत्रको बुँदा नं.३ मा लगाइएका सबै आरोपहरू निराधार, कपोलकल्पित, पूर्वाग्रहबाट ग्रसित देखिन्छन् । त्यहाँ उल्लेखित कुनैपनि क्रियाकलाप मैले गरेको छैन’, पाण्डेले भनेका छन्, ‘नेपालको संविधानमा उल्लेखित समाजवादउन्मुख शासन प्रणाली, नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनद्वारा पारित राजनीतिक प्रतिवेदन र विधानमा उल्लेखित राजनीतिक, आर्थिक र सांस्कृतिक कार्यदिशा, नीति, कार्यक्रम र संयुक्त वाम चुनाव घोषणापत्रसँग मेल खाने गरी गतिविधिहरु गर्न मैले आग्रह गरेको हुँ । नेपालको संविधान र पार्टीको सिद्धान्त, नीति र कार्यक्रम, विधान, विपरितका काम कुराको आलोचना र विरोध गर्न पाउने नैसर्गिक अधिकार सबै पार्टी सदस्य एवम् नागरिकहरूमा रहेको तथ्य स्पष्टै छ ।’
यस्तो छ पाण्डेको स्पष्टीकरण :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहटमा “जय नेपाल कप” क्रिकेट प्रतियोगिता सुरू
-
खानेपानी मन्त्रालय र कर्णाली प्रदेश जलस्रोत मन्त्रालयबीच सम्झौता
-
सङ्क्रमणकालीन न्याय सम्बन्धी आयोग : माओवादीलाई अध्यक्ष छाड्न तयार छैनन् कांग्रेस–एमाले
-
प्रबलको पहिरनमा चम्किएका दिलजीतदेखि बेबी बम्पसहित उपस्थित कियारासम्म, तस्बिरहरू
-
युद्धविरामका लागि वार्ता गर्नुको कुनै तुक छैन : हमास
-
केही देशका लागि भिसा आवेदनमा प्रतिबन्ध लगाउँदै बेलायत