बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पर्यटक लोभ्याउँदै कुश्माः अब काली गण्डकी माथि बन्नेछ ११ करोडको लगानीमा सिसाको स्काइ बृज र जिपलाइन

बिहीबार, ०९ वैशाख २०७८, १३ : ५८
बिहीबार, ०९ वैशाख २०७८

पर्वत । अग्ला र लामा झोलुङ्गे पुलको क्षेत्र भनेर चिनिएको पर्वतको कुश्मा पछिल्लो समय पर्यटकहरूका लागि आकर्षणको​ केन्द्र बनेको छ । यो क्षेत्रले एडभेन्चर पारखीहरुलाई आकर्षित गर्दै गइरहेको छ । 

यहि माहौललाई मध्यनजर गरेर हार्नेस जिपलाइन प्रालिले रिसोर्ट सहित जिपलाइन, ह्यूमन स्लिङसट र सिसाको स्काइ बृजको निर्माण सुरु गरेको छ । एकै पटकमा दुई अलग लाइनमा सुपर म्यान र क्लासिक खेल्न सकिने जिपलाइनको ८० प्रतिशत काम सम्पन्न भैसकेको कम्पनीका अध्यक्ष बिदुर पौडेलले बताए । 

कुश्माको चाक्ले डिलबाट सुरु हुने जिपलाइनले २ पटक काली गण्डकी नदि क्रस गर्ने हुँदा थप एडभेन्चर हुन्छ । पौडेलले थपे ‘साउने बौरमा’ बिचु डिजाइनमा बन्ने रिसोर्टमा जिपलाइनको ल्यान्डिङ हुने भएकोले थप रोमाञ्चक हुने अनुमान गरिएको छ ।

११ करोड लगानी आँकलन गरिएको परियोजनामा बैशाख भित्र जिपलाइन सुरु गरिने र दोश्रो चरणमा एकै पटकमा ४ जना खेल्न मिल्ने हाइड्रोलिक पिङ, ह्यूमन स्लिङसट, सिसाको स्काइ बृज र स्विमिङ पुल सहितको रिसोर्ट निर्माण गरिने कम्पनीका निर्देशक राजकुमार बस्नेतले जानकारी दिए । करिब ७० जनाको आवासीय क्षमताको बन्ने रिसोर्ट आगामी दशैंसम्म निर्माण सम्पन्न गर्ने लक्ष रहेको बस्नेतले बताए ।

राजकुमार बस्नेत, सुनिल सिङ बानियाँ, बिदुर पौडेल, रामचन्द्र जोशी, सूर्य बहादुर क्षेत्री, नरेन्द्र बहादुर खत्री र सागर जोशीले करिब ८ करोडको लगानीमा यी संरचना निर्माण गर्न लागेका हुन् । सँगसँगै कम्पनीले कालीगण्डकी नदीमा र्याफ्टिङ समेत सन्चालन गर्ने योजना बनाएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप