ad
केन्द्रीय संस्करण

त्रिदेशीय टि–ट्वान्टी सिरिज : नेपाल र मलेसिया प्रतिस्पर्धा गर्दै

person explore access_timeबैशाख ९, २०७८ chat_bubble_outline0

काठमाडौं । नेपालमा जारी त्रिदेशीय टि–ट्वान्टी सिरिज अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल र मलेसिया प्रतिस्पर्धा गर्दैछन्। खेलमा मलेसियाले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको छ । योसँगै नेपालले आफ्नो खेलाडीमा केही परिवर्तन गरेको छ । नेपालले शाहब आलमको स्थानमा स्पिनर सुशन भारी र  अविनाश बोहराको स्थानमा फास्ट बलर कमल सिंह ऐरीलाई परिवर्तन गरेको छ । ऐरी टि ट्वान्टी अन्तर्राष्‍ट्रियमा डेब्यु गर्दैछन् । 

नेपाल र नेदरल्याण्ड यस अघिनै फाइनलमा  पुगिसकेकाले आजको खेल दुवै टिमको लागि प्रतिष्ठाको लागि हुनेछ भने यसै म्याचबाट नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दिप लामिछाने १०० वटा टि–ट्वान्टी खेल्ने पहिलो नेपाली क्रिकेटर समेत बनेका छन्।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.