आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

एक वर्षदेखि अनलाइनबाटै योग

बिहीबार, ०९ वैशाख २०७८, १२ : १२
बिहीबार, ०९ वैशाख २०७८

कोरोना भाइरस संक्रमणको महामारीका बेला प्रत्यक्ष भेला भएर योग गर्न नपाइने भएपछि शुरू गरिएको अनलाइन कार्यक्रम ‘योग चौतारी’ १ वर्ष पूरा भएको छ । गत वर्ष वैशाख ९ गतेदेखि शुरू भएको अनलाइन योग चौतारीले बिहीवार वार्षिकोत्सव कार्यक्रम गरेको छ ।

पतञ्‍जलि योग समिति नेपालको योग चौतारी कार्यक्रममा समितिका केन्द्रीय सदस्य लवराज भट्ट संयोजक रहेका छन् । ‘सामूहिक योग अभ्यासलाई निरन्तरता दिन जुमको माध्यमबाट योग चौतारी सञ्चालन गर्छाैं, देशविदेशबाट योग साधकहरू कार्यक्रममा जोडिएका छन्,’ संयोजक भट्टले भने, ‘कोरोनाको दोस्रो लहर शुरू भइरहेको बेला फेरि प्रत्यक्ष रूपमा भेला हुन नपाइने भएकाले अनलाइन योग चौतारीको महत्त्व बढेको छ ।’

कञ्चनपुरको महेन्द्रनगर निवासी भट्टले घरबाटै कार्यक्रम सञ्चालन गरेपनि अहिले कार्यक्रममा देशविदेशबाट सहभागिता जनाउने गरेका छन् । 

बिहीवार भर्चुअल माध्यमबाट वार्षिकोत्सव मनाउँदै योग चौतारीले स्वस्थ जीवनका लागि दिनदिनै घरबाटै कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले शारीरिक रूपमा स्वस्थ नभए मानसिक र चिन्तनमा समेत समस्या आउने भएकाले योगको महत्त्व रहेको बताए ।

‘रोग लाग्न नदिन र रोग निको पार्न योगले राम्रो काम गरेको छ । योगले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ, तसर्थ यो कार्यक्रमलाई धन्यवाद दिन्छु,’ उनले भने ।

पतञ्‍जलि योगपीठ नेपालका प्रमुख ई. शालिग्राम सिंहले स्वामी रामदेवले नेपाललाई प्राथमिकतामा राखेको जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप