शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

डलरमा लाभांश फिर्ता लैजाने क्रम बढेपछि विदेशी लगानीको मौज्दात रकम घट्यो

बिहीबार, ०९ वैशाख २०७८, २२ : १०
बिहीबार, ०९ वैशाख २०७८

पछिल्लो समय विदेशी लगानीकर्ताले डलरमा लाभांश लैजाने क्रम बढ्दै गएपछि वैदेशीक लगानीको सञ्चितिमा गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले गरेको अध्ययनले आर्थिक वर्ष ०७५/०७६ मा नेपालमा रहेको वैदेशिक लगानी मौज्दात रकम ८.८ प्रतिशतले घटेर १ खर्ब ८२ अर्ब ९१ करोड ९६ लाखमा झरेको देखाएको छ । 

आर्थिक वर्ष ०७४/०७५ मा यस्तो रकम २ खर्ब रुपैयाँ भन्दा बढी  थियो । सो आर्थिक वर्षमा २७ अर्ब ७८ करोड ३० लाख रुपैयाँ लाभांशका रुपमा विदेशिएको छ । त्यो भन्दा अघिल्लो वर्ष ०७४/०७५ मा ३९ अर्ब ५३ करोड रुपैयाँ लाभांश विदेशिएको थियो । आर्थिक वर्ष ०७२/०७३  १ खर्ब ३७ अर्ब ६७ करोड र ०७३/७४ मा विदेशी लगानीमा रहेको मौज्दात रकम   १ खर्ब ६८ अर्ब ६१ करोड रुपैयाँ थियो । नेपालले पाउने प्रत्यक्ष वैदेशिक लगानीमा भारत अगाडी छ । भारतीय लगानीमा स्थापना भएको कम्पनीको ५६ अर्ब  रुपैयाँ लगानी  सहित अगाडी छ । विदेशी लगानीमा नेपालमा सञ्चालित ५३ कम्पनीको सर्वेक्षण गरिएको थियो ।

मौज्दातमा विदेशी कम्पनीहरुको चुक्ता पुँजी, सञ्चित कोष र ऋण लगानीलाई समावेश गरिएको हुन्छ । यस बीचमा चुक्ता पुँजी १४.७ प्रतिशतले बढेर ८८ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । यस्तै सञ्चित रकम २७ प्रतिशतले घटेर ७८ अर्ब ३८ करोडमा आइपुगेको  छ । कम्पनीहरुले नेपालमा गरेको नाफाबाट लाभांश फिर्ता लगेपछि सञ्चित रकम घटेको हो । विदेशी मुद्रा सञ्चितीमा सबैभन्दा ठूलो हिस्सा उत्पादन तथा खानीको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप