नेगेटिभ देखिए पनि आफूलाई आइसोलेट गरेकी छु : केकी अधिकारी
काठमाडौँ । नायिका केकी अधिकारीले कोरोनाभाइरसको परीक्षणमा रिपोर्ट नेगेटिभ आएपनि आफूलाई आइसोलेट गरेर राखेको जानकारी दिएकी छिन् । पहिलो पटक पोजेटिभ देखिए पनि दोस्रो पटक परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको उनको भनाइ छ ।
उनले लेखेकी छन्, ‘केही दिन अघिको हावापानी वर्षापछि मलाई रुघाले समात्यो अनि २ रात लगातार ज्वरो पनि देखिएपछि मैले स्वाब परीक्षण गराए जसमा मलाई कोरोना पोजिटिभ देखियो। चिकित्सकको सल्लाहअनुसार आफूलाई अलग्गै राखेँ र तीन दिन पछि पुनः परीक्षण गराउँदा नतिजा नेगेटिभ देखियो। नेगेटिभ नै देखिए पनि मैले हाललाई आफूलाई आइसोलेट गरेकी छु।’
‘यही अन्योलता बिच मैले सबैको फोन उठाउन र मेसेज को प्रतिउत्तर दिन पनि केही दिन असमर्थ भएकोमा बुझिदिनुहुने बिश्वास पनि लिएकी छु र हार्दिक धन्यवाद पनि दिन चाहन्छु। हामी सबैले अझै उच्च सतर्कता अपनाउन आवश्यक छ। यहाँहरु सबैको सुस्वास्थ्यको कामना गर्दछु। आफ्नो पनि ख्याल राख्नुहोस् र अरुलाई पनि जोगाउनुहोस्।,’ उनको भनाइ छ ।
केही दिन अघिको हावापानीबर्षा पछि मलाई रुघाले समात्यो अनि २ रात लगातार ज्वरो पनि देखिएपछि मैले स्वाब परिक्षण गराए जसमा...
Posted by Keki Adhikari on Wednesday, April 21, 2021
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१६ औँ पञ्चवर्षीय योजनामा आर्थिक समृद्धिका आधारभूत तत्त्व पहिलो प्राथमिकतामा पर्नुपर्छ: पूर्व अर्थमन्त्री खतिवडा
-
साइबर ब्यूरोले सोधपुछ गरेको युवकले सिटामोल खाएको पुष्टि
-
विश्व ट्रायथलन महासंघकी अध्यक्ष नेपालमा
-
१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
-
एसियाबाट नेपालले जित्यो ‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’
-
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु