शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

३ महिनापछि बिशाल बजारको सेयर कारोबार फुकुवा

बिहीबार, ०९ वैशाख २०७८, २१ : ११
बिहीबार, ०९ वैशाख २०७८

३ महिनापछि विशाल बजार कम्पनीको सेयर कारोबार फुकुवा भएको छ । विशाल बजारले लेखापरीक्षण भएको वित्तीय विवरण र लेखा परीक्षकको प्रतिवेदन पेश नगरेपछि नेपाल स्टक एक्सचेन्जले माघ १८ गतेदेखि सेयर कारोबार रोक्का गरेको थियो। 

नेप्सेले बुधबार विशाल बजारको सेयर कारोबार फुकुवा गर्ने निर्णय गरेपछि आजबाट (बिहिबार) सेयर कारोबार हुनेछ । 

नेप्सेका अनुसार विशाल बजारले वैशाख ३ गते पत्रमार्फत आव २०७३–७४ देखि आव २०७६–७७ सम्मको लेखा परीक्षण हुन बाँकी र चालू आव २०७७–७८ को पुस मसान्तसम्मको वित्तीय विवरण पेश गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप