शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पोखरामा लागुऔषधसहित दुई युवक पक्राउ

बिहीबार, ०९ वैशाख २०७८, १० : ४०
बिहीबार, ०९ वैशाख २०७८

पोखरा । पोखरामा लागुऔषधसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । नेपालगञ्जबाट पोखरातर्फ आउँदै गरेको बस पृथ्वीराजमार्गको मझुवामा प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले  लागुऔषधसहित पोखरा पृथ्वीचोक बस्ने २० वर्षीय रमेश गुरुङ र २६ वर्षीय प्रकाश गुरुङलाई पक्राउ गरेको जानकारी दिए ।

प्रहरीले उनीहरुको साथबाट डाइजेपाम ५८ एम्पुल, फेनारगन ५८ एम्पुल, नुर्फिन ५८ एम्पुल गरी  १७४ एम्पुल अवैध लागुऔषध बरामद गरेको छ ।

 उनीहरुलाई लागुऔषधसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी अनुसन्धान कार्य अगाडी बढाइएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप