शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

वीरगञ्जबाट पेस्तोलसहित एक जना पक्राउ

बिहीबार, ०९ वैशाख २०७८, १० : ३१
बिहीबार, ०९ वैशाख २०७८

काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिका–१६ स्थित शंकराचार्य गेटबाट प्रहरीले पेस्तोल सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका–५ हाँडीखोला घर भएका २५ वर्षीय राजु राना मगर छन् ।

प्रहरी चौकी इनर्वाबाट खटिएको टोलीले उनको साथबाट एक थान पेस्तोल र २ वटा खाली म्याग्जिन बरामद गरेको छ ।

राना मगरले भारतीय बजार रक्सौलबाट पेस्तोल लिएर आएको प्रहरीलाई बताएका छन् । 

भारतबाट पैदल आएका राना मगरले कम्मरमा लुकाएर ल्याएको अवस्थामा पेस्तोल फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप