बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रचण्ड–नेपालप्रति ओलीको कटाक्षः उनीहरुको मेरो टाउकोमा हानेर रन्थन्याउने नीति रह्यो

बिहीबार, ०९ वैशाख २०७८, १० : २८
बिहीबार, ०९ वैशाख २०७८

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन नेकपाका अध्यक्ष प्रचण्ड (हाल माओवादी केन्द्र अध्यक्ष) र वरिष्ठ नेता माधव कुमार नेपालले आफूलाई ‘टाउकोमा हानेर रन्थन्याउने नीति’ लिएको भन्दै कटाक्ष गरेका छन् ।

प्रचण्ड र नेपालहरुमा चरम महत्त्वका‌ंक्षा र संकीर्ण मानसिकताले आफूलाई कम्युनिस्ट पार्टीको साधारण सदस्यबाटै हटाउने दुष्प्रयास भएको पनि स्मरण गरे ।  आफू ५६ सालदेखि कम्युनिस्ट पार्टीको सदस्य रहेको उल्लेख गर्दै कठीन परिस्थितिमा आन्दोलनलाई माथि उठाउन भूमिका निर्वाह गरेकाले कसैले कथित कारबाही गर्दैमा हट्ने कुरा नहुने बताए ।

नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा एमाले केन्द्रीय कार्यालय शिलान्यास कार्यक्रममा बोल्दै ओलीले भने, ‘म ५६ वर्ष अगाडिदेखि कम्युनिस्ट आन्दोलनमा लागेको छु, ५० वर्ष अगाडि एउटा नयाँ आन्दोलन सुरु गरेर लागेको छु । तर ममाथिबाट हमला सुरु भयो । हमला पनि यस्तो भयो कि साधारण सदस्यबाटै निष्काशन गरियो ।’

उनले अगाडि थपे, ‘उद्घोष थियो केपी ओलीलाई पत्तासाफ बनाइयो, भित्तामा टँसाइदिन्छु । धूलोमा मिलाइदिन्छु । धूलोमा मिलाए । ममाथि किन त्यस्तो आक्रमण थियो भने टाउकोमा हान्ने हो भने शरीर सग्लै भएपनि रन्थनिने भयो नि । त्यसरी टाउकोमा हान्ने नीति उनीहरुमा रह्यो र नेतृत्वदेखि शीर्ष नेतालाई कारबाहीमा पारियो ।’

उनले सो कारबाहीलाई तथाकथित कारबाहीको संज्ञा दिँदै आन्दोलनलाई ध्वस्त पार्ने निष्कृट प्रयास भएको र त्यो परिस्थितिलाई आफूहरुले पार गरेर आएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप