बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

इकार्डीको ह्याट्रिकमा पीएसजी सेमिफाइनलमा

बिहीबार, ०९ वैशाख २०७८, १० : २५
बिहीबार, ०९ वैशाख २०७८

​माउरो इकार्डीले ह्याट्रिक गर्दा पेरिस सेन्ट जर्मेनले एंगर्समाथि गोल वर्षा गरेको छ । बुधबार ५–० को जीत निकाल्दै पीएसजी फ्रेन्चको सेमिफाइनलमा पुगेको हो ।

इकार्डीले खेलको नवौँ मिनेटमा नै पीएसजीलाई अग्रता दिलाएका थिए । २३ औँ मिनेटमा भिन्सेन्ट मानेकेउले आत्मघाती गोल गरे । दोस्रो हाफमा नेयमारले पीएसजीको अग्रता फराकिलो बनाए । त्यसपछि इकार्डीले दुई गोल थप्दै आफ्नो ह्याट्रिक पूरा गरेर टोलीलाई सहज जित दिलाए ।

नयाँ प्रशिक्षक माउरिसियो पोचेटिन्होको नेतृत्वमा पीएसजी यो सिजन ३ वटा ट्रफी जित्ने होडमा रहेको छ । टोटनह्यामका पूर्व प्रशिक्षक पोचेन्टिहोले गत जनवारीदेखि पीएसजीको नेतृत्व सम्हालेका हुन् ।

हाल पीएसजी लिग वानमा शीर्ष स्थानमा रहेको लिलभन्दा मात्र एक अंकले पछि रहेको छ । लिगमा अब पाँच खेल खेल्न बाँकी छ ।

टोली च्याम्पियन्स लिगको सेमिफाइनलमा पनि पुगिसकेको छ । पीएसजीले २८ अप्रिलमा हुने पहिलो लेगमा म्यान्चेस्टर सिटीको सामना गर्नेछ । दोस्रो लेग ४ मेमा इङ्ल्याण्डमा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप