बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कस्तुपको ‘सिलौटोमा चटनी’ ज्योति र प्रितिको ठुम्का

बिहीबार, ०९ वैशाख २०७८, १० : २६
बिहीबार, ०९ वैशाख २०७८

काठमाडौंँ । गायक, सर्जक तथा संगीतकार कस्तुप पन्तको शब्द तथा संगीत रहेको गीत ‘सिलौटोमा चटनी’ सार्वजनिक भएको छ । 

कस्तुपले गीत आज परेको आफ्नो जन्मदिनको अवसर पारेर सार्वजनिक गरेका हुन् । कुलेन्द्र विश्वकर्मा र समीक्षा अधिकारीको स्वर रहेको गीतमा आशिश अविरलको संगीत संयोजन छ ।

गीतको भिडियो पनि बनेको छ । जसमा राजमी खाँड, कुलेन्द्र विश्वकर्मा, ज्योति मगर र प्रिती आलेले नृत्य देख्न सकिन्छ । भिडियो शंकर विसीले निर्देशन गरेका हुन् ।

अमृत चापागाईंको सम्पादन, दुर्गा पौडेलको छायाँकन भिडियोमा रहेको छ । 

हाम्रा बाउ बाजेले गाउने गरेको रोइलालाई अहिलेको चलनचल्तीका शब्दहरु र श्रृंगारिक शब्दमा भरेर गीत ल्याएको संगीतकार पन्तले बताए । दर्शकको रुचि अनुसार भिडियोमा अहिले चलेका गायक गायिका समेटिएको उनले बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप