च्याम्पियन बन्न सिटीलाई ५ खेलबाट मात्र ८ अंक आवश्यक
एस्टन भिल्लालाई हराउँदै म्यान्चेस्टर सिटी प्रिमियर लिगको उपाधि निकट पुगेको छ । बुधबार भएको खेलमा सिटीले भिल्लालाई २–१ गोलले हराएको हो । अब पछिल्लाे चार सिजनमा तेस्रो पटक च्याम्पियन बन्न सिटीलाई बाँकी रहेका पाँच खेलबाट मात्र ८ अंक बटुले पुग्नेछ । शीर्ष स्थानमा रहेको सिटीले दोस्रो स्थानमा रहेको म्यान्चेस्टर युनाइटेडमाथि ११ अंकको अग्रता बनाएको छ ।
खेलमा अग्रता भने भिल्लाले बनाएको थियो । खेलको २० औँ सेकेन्डमा नै ओली वाटकिन्सको क्रसमा जोन म्याकगिनले घरेलु टोलीलाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफमा फिल फोडेन र रोड्रीले गोल गर्दै सिटीलाई अग्रता दिलाए । दुवै गोलको अवसर बर्नार्डो सिल्भाले सिर्जना गरेका थिए । जोन स्टोन्सले रातो कार्ड खाएपछि पहिलो हाफको अन्त्यमा सिटी १० खेलाडीमा सिमित बन्यो ।
भिल्लाको एक खेलाडी बढीको लाभ ११ मिनेट मात्र टिक्यो । दोस्रो हाफमा ३ मिनेटको अन्तर दुई पहेँलो कार्ड खाँदै म्याटी क्यास मैदान छाड्न बाध्य भए ।
त्यसपछि कुनै पनि गोल हुन सकेन र सिटीले खेल आफ्नो पक्षमा पार्न सफल रह्यो । ३३ खेलबाट ७७ अंक बटुलेको छ । भिल्ला ४४ अंकसहित लिगको ११ औँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान