आजबाट जापान र अष्ट्रेलियालगायत पाँच देशका लागि ‘नो अब्जेक्सन लेटर’ जारी गर्ने कार्य बन्द
बिहीबार, ०९ वैशाख २०७८, ०९ : ४५
![आजबाट जापान र अष्ट्रेलियालगायत पाँच देशका लागि ‘नो अब्जेक्सन लेटर’ जारी गर्ने कार्य बन्द](https://rpcdn.ratopati.com/media/albums/education-ministry_9ENEblPbMO.jpg)
कोरोना संक्रमण बढेपछि सरकारले पाँच देशका लागि वैदेशिक अध्ययन स्वीकृति पत्र ‘नो अब्जेक्सन लेटर’ जारी गर्ने कार्य बन्द गरेको जनाएको छ ।
सूचना जारी गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जापान, अस्ट्रेलिया, दक्षिण कोरिया, बंगलादेश र चीनमा लागि स्वीकृति पत्र दिने कार्य बन्द गरेको जानकारी दिएको हो ।
कोरोना भाइरसको नयाँ प्रकार (भेरियन्ट) विश्वभरिनै फैलिरहेको हुँदा गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय अनुसार बिहीबारदेखि अर्को सूचना जारी नभएसम्म स्वीकृतिपत्र नदिइने जनाएको हो।
स्वीकृति पत्र प्राप्त गरेर पनि ती पाँच देशमा जान नपाइने हुँदा अहिलेलाई स्थगित गरेको मन्त्रालयका उपसचिव नारायणप्रसाद पोखरेलले जानकारी दिए।
विदेशमा अध्ययन गरिरहेका विद्यार्थीहरूको हकमा भने स्वीकृति पत्र जारी गर्ने कार्य नरोकिने जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : मुस्कुराउँदै न्यायाधीशले थपे रविको हिरासत म्याददेखि दुर्गा प्रसाईंले गुहारे सर्वोच्चसम्म
-
कुलमानले विद्युत् प्रसारण लाइन निर्माणमा जोडे निजी क्षेत्र
-
पार्टीभित्र सद्भाव, एकता र मेलमिलाप आवश्यक : बलायर
-
१० बजे, १० समाचार : थप ४ दिन रवि हिरासतमा, बन्दी प्रत्यक्षीकरण निवेदन लिएर दुर्गा अदालतमा
-
सुदूरपश्चिम प्रदेश राजधानी निर्माणको विषय अझै कार्यान्वयन भएन
-
नेपाली पर्यटन व्यवसायीलाई चिनियाँ भाषाको प्रशिक्षण