शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

एकान्तकुनामा ट्रक र हात्ती गाडी ठोक्कियो

बिहीबार, ०९ वैशाख २०७८, ०९ : २०
बिहीबार, ०९ वैशाख २०७८

ललितपुरको ​एकान्तकुमा मिनि ट्रक र हात्ती गाडी एकापसमा ठोक्किँदा ६ जना घाइते भएका छन् । 

घाइते हुनेहरुमा मिनि ट्रकमा चालक चाँगुनारायण–८ का २१ वर्षीय राजु टुइँटुइँ र हात्ती गाडीका चालक ललितपुर हरिसिद्धि बस्ने ४४ वर्षीय बाबुशरण महर्जन छन् । अन्य घाइते हात्ती गाडीमा सवार ४ जनाको विवरण नखुलेको महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी प्रज्वल महर्जनले रातोपाटीलाई बताए । 

बिहीबार बिहान ६ः१५ बजे एकान्तकुनाबाट सातदोबाटोतर्फ जाँदै गरेको बा २० च ४३८७ नम्बरको हात्ती गाडी र बा ५ ख २१९५ नम्बरको मिनि ट्रक एकापसमा ठोक्किएर दुर्घटना भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप