युके एशियन फिल्म फेस्टिभलमा ‘राहगीर द वेफर्स’ ओपनिङ फिल्मका रुपमा देखाइने
२६ मेईदेखि सुरु हुने युके एशियन फिल्म फेस्टिभलमा आदिल हुसैन स्टारर ‘राहगीर द वेफर्स’ ओपनिङ फिल्मका रुपमा देखाइने भएको छ । अभिनेता आदिलले आफ्नो इन्स्टाग्राममार्फत यसको जानकारी दिएका हुन् ।
निर्देशक गौतम घोष र अभिनेत्री तिलोत्तमा शोमलाई ट्याग गर्दै उनले लेखेका छन्,‘यो घोषणा गर्न पाउँदा निकै खुसी लागेको छ कि हाम्रो फिल्मले २६ मेइमा हुने २३ औं युके एशियाली फिल्म महोत्सवको उद्घाटन गर्नेछ ।
इन्काउन्टरपछि आर्थिक मौका खोजिरहेका दुई व्यक्तिका विषयमा फिल्मको कथा केन्द्रीत छ । आदिलले ‘मुक्ती भवन’, ‘लाइफ अफ पाई’, ‘द रिलेटेन्ट फन्डामेटलिस्ट’, ‘इंलिस विंग्लिस’लगायत फिल्ममा आफ्नो उत्कृष्ट अभिनय देखाइसकेका छन् । भर्खरैमात्र उनी ओटीटीमार्फत रिलिज भएको फिल्म ‘द इलिगल’ मा देखिएका थिए । तिलोत्तममाले ‘मनसुन वेडिंग्स्’, ‘किस्सा’, ए डेथ इन द गुन्ज, हिन्दी मिडियमलगायत फिल्ममा आफ्नो दमदार भूमिकाहरुमार्फत पहिचान बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कहाँ–कहाँ हुन्छ सडक अवरुद्ध ?
-
करेन्ट लागेर विद्युत् प्राधिकरणका एक कर्मचारीको मृत्यु
-
नेपालमा जनावरको दुधबाट मान्छेमा बर्ड फ्लुको ‘एच–फाइभ एन–वान’ भाइरस सरेको देखिएको छैन : विज्ञ
-
पोखराको फोहोर व्यवस्थापनमा कोइकाले १० मिलियन डलर दिने
-
इरानी राष्ट्रपतिको पाकिस्तान भ्रमणमा अमेरिकाले दियो यस्तो चेतावनी
-
‘पर्यटन बोर्ड’ को सीईओ बन्न मरिहत्ते: के छ आकर्षण ?