इन्टर मिलान लिग उपाधि नजिक
इन्टर मिलान इटालियन सिरिए ए फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । सन् २०१० मा पछिल्लोपटक इन्टरले उपाधि जितेको थियो ।
त्यसयता, २०११ मा एसी मिलानले उपाधि जित्यो भने पछिल्लो ९ सिजन लगातार युभेन्टस्ले उपाधिमाथि कब्जा जमाएकाे थियो । यद्यपी, यसपटक इन्टरले शीर्ष स्थानमा १० अंकको स्पष्ट दूरी बनाइसकेको छ ।
बुधबार स्पेजियासँग १–१ गोलको बराबरी खेल्दै इन्टर उपाधितर्फ अघि बढेको हो । डिएगो फारियासले सुरुवातमै गोल गर्दै घरेलु टोलीलाई अघि बढाएका थिए, तर इमान पेरिसिचले इन्टरबाट बराबरी गोल फर्काए ।
इन्टरले यो जित हासिल गर्नुअघि सास्सुलोसँग एसी मिलान २–१ ले पराजित भएको थियो । यी नतिजासँगै अन्तिम ६ खेल बाँकी छँदा घरेलु प्रतिद्वन्द्वी मिलानभन्दा इन्टर १० अंकले अघि बढ्यो । इन्टरले ३२ खेलबाट ७६ र मिलानले ६६ अंक जोडेको छ, समान खेल खेलेको युभेन्टस्को ६५ अंक छ । युभेन्टसले पार्मालाई ३–१ ले हरायो ।
त्यसैगरी ३१ खेल खेलेको एटलान्टा ६४ अंकसहित चौथो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री आरजुको भारत भ्रमण अनिश्चित
-
अनेरास्ववियुको सम्मेलन चैत मसान्तमा
-
रोजगारी सिर्जनामा संस्थागत विद्यालयहरूको भूमिका महत्त्वपूर्ण : मेयर कोइराला
-
विदेशमा श्रम गर्दा ज्यान गुमाएका नेपालीको सम्झनामा काठमाडौँमा दीप प्रज्वलन, तस्बिरहरू
-
कान्ति बाल अस्पतालको पूर्वाधार विकासमा सघाउन कतारसँग आग्रह
-
संविधान पालना गर्नु सबैको दायित्व हो : प्रदेश प्रमुख देवकोटा