बेन्जामाले दुई गोल गरेपछि रियल म्याड्रिड शीर्ष स्थानमा उक्लियो
बिहीबार, ०९ वैशाख २०७८, ०८ : ०१

काडिजविरुद्ध ३–० को जित हासिल गर्दै रियल म्याड्रिड स्पेनिस ला–लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।
यस खेलमा करिम बेन्जामाले दुुई गोल गरे भने थप गोलका लागि अल्भारो ओड्रियोजोलालाई पास मिलाइदिए ।
यस नतिजाले रियल म्याड्रिडलाई फेरि उपाधिको बलियो दाबेदार बनाएको छ । रियलले ३२ खेलबाट ७० अंक बटुलेको छ भने ३१ खेल खेलेको एथलेटिको म्याड्रिडको पनि ७० अंक नै छ ।
३२ खेलबाटै सेभियाले ६७ अंक बटुलेको छ । यता, ६५ अंकसहित चौथो स्थानमा रहेको बार्सिलोनाले भने ३० खेलमात्रै खेलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपाले फ्रड काम गर्यो, कमल थापा र लिङ्देनका कारण राजसंस्था गयो : दुर्गा प्रसाईं
-
बिराज भट्ट ‘राम नाम सत्य’ मा अनुबन्ध
-
अमेरिकामा हेलिकप्टर दुर्घटना, ३ जनाको मृत्यु
-
हाम्रो कारण थापाथलीमा मेलम्ची खानेपानीको पाइपमा क्षति पुगेको छैन : विद्युत प्राधिकरण
-
प्रहरी स्टाफ कलेजविरुद्धको रिट न्यायाधीश फुयालको इजलासमा
-
‘पाकिस्तानसँग हार्ने डरले शारजहाँबाट खेल छोडेर भागेको बिर्सनुभयो ?’