द्रुतमार्गको दोस्रो चरणको काम निजगढ तर्फबाट सुरु हुने
कम समय र दूरीमा तराईलाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्न निर्माणाधीन काठमाडौँ–तराई/मधेस जोड्ने द्रुतमार्गको दोस्रो चरणको कार्य निजगढ तर्फबाट सुरु हुने भएको छ ।
द्रुतमार्गको जिरो किलोमिटर रहेको ललितपुरको खोकनामा जग्गाको मुआब्जालगायतका विवादको समाधान अझै हुन नसकेपछि दु्रतमार्गको अन्तिम बिन्दु निजगढतर्फबाट नै दु्रतमार्गको निर्माण काम सुरु गरिने तयारी गरिएको निर्माण व्यवस्थापनको जिम्मा पाएको नेपाली सेनाले जनाएको छ । सेनाका अनुसार आर्थिक वर्ष ०७८/७९ देखि द्रुतमार्गको निर्माण कार्य निजगढतर्फबाट नै सुरु गरिने तयारी भइरहेको छ ।
नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले ललितपुरको खोकनामा जग्गाको मुआब्जालगायतसम्बन्धी समस्या अझै सुल्झिन नसकेको अवस्थामा काठमाडौँतर्फबाट कामलाई अगाडि बढाउँदा विभिन्न समस्या देखिएको तर निजगढ तर्फबाट कामलाई अगाडि बढाउन कुनै पनि समस्या नरहेकाले त्यसतर्फबाट नै काम अगाडि बढाउन तयारी सुरु गरिएको जानकारी दिनुभयो । खोकनाको जग्गा विवादका कारण आयोजनाको अन्य ठाउँको काम अवरोध नहुने प्रवक्ता पौडेलले स्पष्ट पारे । द्रुतमार्ग निर्माणले यहाँका सांस्कृतिक सम्पदासमेत मासिने खोकनावासीको आरोप छ । द्रुतमार्ग निर्माणका लागि खोकनाबाहेक अरू कुनै पनि ठाउँमा जग्गासम्बन्धी विवाद रहेको छैन ।
आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा शुल्क बुझाउन सजिलो, दाबी भुक्तानी पाउन सास्ती: सांसद राणा
-
१२ दिन बित्यो तर भेटिएन कर्णाली नदीमा बेपत्ता गाडी र सहचालक, खोजी टोली फर्कियो
-
जेनजी आन्दोलन छानबिनको पूर्ण प्रतिवेदन सार्वजनिक गर्न मानवअधिकार आयोगका पूर्वआयुक्तहरूको माग
-
लगातारको वर्षाले चितवनका विभिन्न क्षेत्र डुबानमा
-
बीमा लाइसेन्स र मर्जर नीतिमा अर्बौँको चलखेल भएको सांसद लिमा अधिकारीको आरोप
-
सरकारी स्वामित्वका बीमा कम्पनीहरूको लेखापरीक्षणमा ढिलाइप्रति सांसद कँडेलको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण