बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गोङ्गबुमा मिनीट्रकले स्कुटरलाई ठक्कर दिँदा किशोरीको मृत्यु

बुधबार, ०८ वैशाख २०७८, २२ : ४५
बुधबार, ०८ वैशाख २०७८

काठमाडौं । काठमाडौँको गोङ्गबुमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–२६ स्थित गोङ्गबु चोकमा प्रदेश नं ३–०१–००१ क ५३५२ नम्बरको मिनिट्रकले बा ६५ प ६७१६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा सर्लाही विष्णु गाउँपालिका–२ की १८ वर्षीया शिल्पा ठाकुरको आज मृत्यु भएको हो । 

दुर्घटनामा गम्भीर घाइते ठाकुरको उपचारका क्रममा ग्राण्डी अन्तरराष्ट्रिय अस्पताल धापासीमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनामा उदयपुर कटारीकी १८ वर्षीया क्रिस्मा विष्ट घाइते भएकी छन् । घाइते विष्टको ग्राण्डी अन्तरराष्ट्रिय अस्पताल धापासीमा उपचार भइरहेको प्रहरीको भनाइ छ । फरार रहेका मिनीट्रक चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप