कालिमाटी वृत्तबाट हत्कडीसहित भागेका आरोपी ७ महिनापछि पक्राउ
बुधबार, ०८ वैशाख २०७८, २२ : ४०
काठमाडौं । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट हत्कडीसहित भागेका आरोपीलाई प्रहरीले ७ महिनापछि पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले भारतको बिहार घर भएका १७ वर्षीय अन्निकुमार शाह उर्फ सुजितलाई बुधवार पक्राउ गरेको हो । अन्निकुमारलाई कालिमाटीस्थित परोपकार नजिकबाट पक्राउ गरिएको महाशाखाका एसपी कृष्णप्रसाद पंगेनीले रातोपाटीलाई जानकारी दिए ।
०७७ असोजमा २ मा चोरी आरोपमा पक्राउ गरिएका चार जना आरोपी कालिमाटी वृत्तबाट प्रहरीको घेरा तोडेर भागेका थिए । अन्निकुमार शाह कालिमाटी स्थित सुकुम्बासी टोलमा बस्थे । त्यतिबेला भागेका अरु ३ जना अझै फरार छन् । पक्राउ गरिएका आरोपीलाई थप अनुसन्धान र कारवाहीका लागी महानगरीय प्रहरी वृत कालिमाटीमा पठाइएको महाशाखाले जनाएको छ ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार