बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रुखबाट खसेर वृद्धको मृत्यु

बुधबार, ०८ वैशाख २०७८, २१ : ५७
बुधबार, ०८ वैशाख २०७८

मकवानपुर । डाले घाँस काट्न रुखमा चढेका एक जना वृद्धको रुखबाट लडेर मृत्यु भएको छ ।
हेटौँडा उपमहानगरपालिका वडा नम्वर –१७ हटिया बुद्ध चोक निवासी ८० बर्षका बृद्धको रुखबाट लडेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

उनी घर नजिकैको बडर प्रजातिको रुखमा डाले घाँस काट्नको लागि रुखमा चढेका थिए । घाँस काट्ने क्रममा अचानक रुखबाट खस्दा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले बताए । 

उनको शव हेटौँडा अस्पतालस्थित शव गृहमा ल्याइएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप