सशस्त्र प्रहरीको साउथ सुडान मिसन टोली फेरियो
काठमाडौं । संयुक्त राष्ट्रसंघीय मशिन अन्तर्गत साउन सुडानको राजधानी जुवामा खटिएको शसस्त्र प्रहरीको मिसन टोली बदली भएको छ ।
कायम मुकायम एसएसपी बिरेन्द्रराज श्रेष्ठको कमाण्डमा १ सय ६० जना नेतृत्वको टिम जुवा पुगेपछि त्यहाँको टोली नेपाल फर्किएको छ । नेपाल एफपियु वानको रुपमा खटिएर मिसन सफलतापूर्वक सम्पन्न गरेको डिएसपी शिव प्रसाद गैरेको कमाण्डको टोली बुधवार काठमाडौं फर्किएको हो ।
स्वदेश फर्किएको टोलीलाई सशस्त्र प्रहरी गण नम्बर–२० विपद उद्दार उपत्यका सिनामंगलमा आयोजित समारोहमा एआइजी पुष्पराम केसीले स्वागत गरेका छन् ।
कोरोना महामारीको समयमा विदेशमा रहेका शान्ति स्थापनाको जिम्मेवारी पुरा गरेकोमा धन्यवाद दिँदै एआइजी केसीले मिसनमा आर्जन गरेको सिप उपयोग गर्न निर्देशन दिएका छन् । जुवा मिसन पुरा गरेर १ सय ६२ जनाको टोली नेपाल फर्किएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?