ओली नेपाल भेटवार्ताको तस्बिर सार्वजनिक
बुधबार, ०८ वैशाख २०७८, २० : ४७

काठमाडौं । पार्टी विभाजनको संघारमा पुगेका बेला एमाले अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच झण्डै दुई घण्टा गोप्य वार्ता भयो । काठमाडौको मेरियट होटलमा दुई नेताबीच झण्डै दुई घण्टा भेटवार्ता भएको हो । भेटवार्तामा के के छलफल भयो भन्ने खुलिसकेको छैन । तर, नेताद्वय बीच भएको भेटवार्ताको तस्वीर भने सार्वजनिक भएको छ । अध्यक्ष तथा प्रधानमन्त्री ओली प्रेस सल्लाहकार सूर्य थापाले दुई नेताबीच भएको वार्ताको तस्वीर सार्वजनिक गरेका हुन् ।
भेटवार्तापछि बाहिरिने क्रममा बरिष्ठ नेता नेपालले अहिले नै कुनै प्रतिक्रिया नदिने बताए । यद्यपी नेता नेपालको अनुहारमा भने केही चमक देखिन्थ्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा पहिलो पटक निःशुल्क नशामुक्ति शिविर हुँदै, देशविदेशबाट ३० हजार बढी सहभागी हुँदै
-
म्यान्मामा ‘जुन्टा’को हवाई आक्रमण, २० बालबालिकासहित २२ जनाको मृत्यु
-
मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षा
-
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध
-
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
-
चोरमाराको गिरूवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी