मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

‘नेपाल सुपरलिग’को मेडिकल पार्टनरमा नर्भिक हस्पिटल, खेलाडीले पाउनेछन् यस्ता सुविधा

बुधबार, ०८ वैशाख २०७८, १९ : २५
बुधबार, ०८ वैशाख २०७८

काठमाडौं । नेपालमा पहिलोपटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता ‘नेपाल सुपरलिग’को अफिसियल मेडिकल पार्टनरको रुपमा नर्भिक इन्टरनेशनल हस्पिटल अनुबन्धित भएको छ । 

नेपाल सुपरलिगको तर्फबाट नेपाल स्पोर्टस एन्ड इभेन्ट म्यानेजमेन्ट र नर्भिक अस्पतालबीच नेपाल सुपर लिगको अफिसियल मेडिकल पार्टनर अनुबन्धको सम्झौतामा हस्ताक्षर भएको हो । 

सम्झौतामा नर्भिकका प्रबन्ध निर्देशक मेघा चौधरी र नेपाल स्पोर्टस एन्ड इभेन्ट म्यानेजमेन्टका निर्देशक श्रेयांश कार्कीले हस्ताक्षर गरे ।

सात टिमको फ्रेन्चाइज फुटबल प्रतियोगिता स्वास्थ्यका सबै मापदण्ड पालना गरी बैशाख ११ गतेदेखि दशरथ रंगशालामा हुँदैछ । 

नेपाल सुपर लिगको अवधिभर दशरथ रंगशालामा उपस्थित खेलाडी, आयोजकका सदस्यमा देखा पर्नसक्ने कुनै आपतकालीन स्वास्थ्य समस्या समाधानका लागि नर्भिकको तर्फबाट ३ मेडिकल अफिसर सहितको टिम मैदानमै तैनाथ रहनेछ । 

आधारभूत औषधि तथा अन्य स्वास्थ्य सामाग्री सहितको नर्भिकको लोगो अंकित मेडिकल ब्याग खेलमा सहभागी प्रत्येक टिमका लागि उपलब्ध गराइने सम्झौतामा उल्लेख छ । नर्भिकले यो अवधिमा खेलाडी तथा आयोजकका कुनै सदस्यको पीसीआर टेस्ट गर्नु परे विशेष छुटमा त्यस्तो सेवा समेत उपलब्ध गराउने जनाएको छ । 

कुनै खेलाडीमा कोभिड संक्रमण देखिए तिनीहरुको नर्भिकमा उपचार गराउने क्रममा लाग्ने बेड चार्जमा २० प्रतिशत, एक्स रे र एमआरआई सेवामा ५ प्रतिशत छुट दिने हस्पिटलले जनाएको छ । रंगशालामा संभव नहुने उपचारका लागि कुनै खेलाडी, दर्शक वा आयोजकका सदस्यलाई अस्पताल लैजानु परे त्यहाँ लाग्ने सबै उपचार खर्च स्वयम् बिरामीले व्यहोर्नुपर्ने सम्झौतामा उल्लेख छ । 

सम्झौतापछि प्रतिक्रिया दिंदै नर्भिकका प्रबन्ध निर्देशक मेघा चौधरीले नेपालमै पहिलोपटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिगसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताइन् । हरेक क्षेत्र र वर्गका मानिसहरुको स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेर अगाडि बढिरहेको नर्भिकले आगामी दिनमा यस्तै अन्य इभेन्टहरुमा समेत सहकार्य गर्ने नीति लिएको उनको भनाई छ । 

नेपाल स्पोर्टस म्यानेजमेन्टका निर्देशक श्रेयांश कार्कीले नर्भिकसँग पहिलो फ्रेन्चाइज फुटबल लिगमार्फत सहकार्य गर्ने मौका पाएकोमा खुशी लागेको बताए

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप