बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आइपिएल : चौथो खेलमा हैदरावादको पहिलो जित

बुधबार, ०८ वैशाख २०७८, १९ : २५
बुधबार, ०८ वैशाख २०७८

चेन्नई । इन्डियन प्रिमियरल लिग अन्तर्गत सनराइजर्स हैदरावादले आफ्नो चौथो खेलमा पहिलो जित हासिल गरेको छ । बुधबार चेन्नईमा आयोजित पञ्जाव किङ्ग्सविरुद्धको खेलमा हैदरावादले जितको स्वाद चाखेको हो । लगातार तीन खेलमा पराजय व्यहोर्दै आएको हैदरावादले पञ्जावविरुद्ध ९ विकेटको फराकिलो जित हासिल गरेको हो ।

टस जितेर पहिला ब्याटिङ रोजेको पञ्जावले निर्धारित १९ ओभर चार बलमै आफ्ना सबै विकेट गुमाएर १२० रन बनाएको थियो । १२१ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको हैदरावादले एक विकेटको क्षतिमा लक्ष्य प्राप्ति गरेको हो ।

हैदरावादका लागि जोनी बेरिस्टोले अविजित ६३ रन बनाए भने कप्तान डेविड वार्नरले ३७ र केन विलियम्सनले अविजित १६ रन बनाए । यसअघि पञ्जावका लागि मयंक अग्रवाल र शाहरुख खानले समान २२ रन जोडेका थिए । यस्तै क्रिस गेलले १५, मोइसिस हेनरिक्सले १४ र दीपक होडाले १३ रन बनाए । अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन बनाउन असफल भए ।

हैदरावादका लागि खलिल अहमदले तीन, अभिषेक शर्माले दुई तथा भुवनेश्वर कुमार, सिद्धार्थ कौल र रशिद खानले एक÷एक विकेट लिए । जारी प्रतियोगितामा हैदरावादले यसअघि मुम्बई इन्डियन्स, रोयल च्यालेन्जर बेंग्लोर र कोलकाता नाइटराइडर्ससँग पराजय व्यहोरेको थियो ।

चौथो खेलअघि अंक तालिकाको पुछारमा रहेको हैदरावाद पञ्जावविरुद्ध जित हासिल गरेसँगै पाँचौं नम्बरमा पुग्न सफल भएको छ । पराजयसँगै पञ्जाव भने अंक तालिकाको पुछारमा पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप