शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रिलायबलद्वारा हालसम्मकै उच्च ४ करोड बीमा दावी भुक्तानी हस्तान्तरण

बुधबार, ०८ वैशाख २०७८, १९ : १६
बुधबार, ०८ वैशाख २०७८

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले हालसम्मकै उच्च बीमा दावी भुक्तानी गरेको छ ।

कम्पनीले रिलायबल सुलभ जीवन बीमा गरेका बिमित हरीप्रसाद पन्तको हृदयघातबाट मृत्यु भएकोमा एक कार्यक्रमका बीच उनकी श्रीमती परु देवि पन्तलाई ४ करोड रुपैयाँ मृत्यु दाबी भुक्तानी हस्तान्तरण गरिएको हो । 

उक्त कार्यक्रममा बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले बीमा दावी भुक्तानी पाइँदैन, झन्झटिलो प्रकृया छ भन्ने कथनलाई रिलायबल लाइफले गलत सावित गरेको बताए । 

बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले जीवन बीमाबाट आर्थिक सुरक्षा गर्ने उदाहरण यस दावी भुक्तानीबाट लिन सकिने बताए । 

कम्पनीले हालसम्म परेका दावी भुक्तानी मध्ये ९९ प्रतिशत दावी भुक्तानी गरिसकिएको उल्लेख गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप