मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

त्रिदेशीय शृङ्खला : नेदरल्याण्डसँग अंक बाँडे​पछि मलेसिया फाइनलमा पुग्ने सम्भावना समाप्त

बुधबार, ०८ वैशाख २०७८, १७ : १६
बुधबार, ०८ वैशाख २०७८

काठमाडौं । त्रिदेशीय टी–२० शृङ्खला अन्तर्गत बुधबार भएको खेलमा नेदरल्याण्ड र मलेसियाले अंक बाँडेका छन् । त्रिवि क्रिकेट मैदानमा वर्षाले बाधित खेललाई १३ ओभरमा झारिएको थियो । पहिला ब्याटिङ गर्दै नेदरल्याण्डले १३ ओभरमा चार विकेटको क्षतिमा १०७ रन बनाएको थियो ।

वर्षा बाधक बनेपछि मलेसियाका लागि डकवर्थ लुईस नियमअनुसार लक्ष्य घटाएर १० ओभरमा ९२ रन बनाउने चुनौती प्रस्तुत गरिएको थियो । तर मलेसियाले १० ओभरमा चार विकेटको क्षतिमा ९१ रनमात्र बनाउन सक्यो ।

दुवै टिमले एक–एक अंक बाँडेका कारण नेपालले एक खेल अवागै फाइनलमा पुग्ने अवसर प्राप्त गरेको हो । अंकतालिकामा पाँच अंकसहित नेदरल्याण्ड पहिलो नम्बरमा छ भने नेपालले चार अंक बटुलिसकेको छ । मलेसिया भने एक अंकका साथ पुछारमा छ ।

अब नेपाल र मलेसियाले लिग चरणको अन्तिम खेलमा प्रतिस्पर्धा गर्नेछन् । सो खेलमा नेपाल विजयी भएको खण्डमा शीर्ष स्थानमा पुग्दै उपाधिका लागि नेदरल्याण्डसँग खेल्ने छ । मलेसियासँग नेपाल पराजित भएको अवस्थामा पनि लिगको दोस्रो स्थानमा रहँदै नेदरल्याण्डसँग फाइनलमा भिड्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप