विष खुवाएर मारिएको कुकुर खाएर ६७ गिद्ध मरे
परासी । पश्चिम नवलपरासीमा एकैसाथ ६७ वटा गिद्ध मृत फेला परेका छन् । जिल्लाको रामग्राम नगरपालिका वडा ४ जितपुरस्थित पर्तीजग्गामा ६७ वटा गिद्ध मृत फेला परेका हुन् । एउटा गिद्ध बिरामी अवस्थामा फेला परेको छ । बिरामी गिद्धको उपचार भैरहेको छ । सो क्षेत्रमा मारेर फालिएको कुकुरको सिनो खाएका कारण यति धेरै गिद्धको मृत्यु भएको अनुमान गरिएको छ । स्थानीयवासीका अनुसार जितपुरका एक व्यक्तिले विष खुवाई मारेर फालेको कुकुर खाएका कारण गिद्धको मृत्यु भएको अनुमान गरिएको छ ।
स्थानीयवासीका अनुसार मंगलबार दिउँसो ३ बजे आएका गिद्ध सिनो खाएर अचानक बिरामी भएर मर्न थालेका थिए । बिरामी गिद्ध धमाधम मर्न थालेपछि स्थानीयवासीले सम्बन्धित निकायमा सूचना दिएका थिए, तर चासो नदिएको गुनासो गरेका छन् ।
स्थानीयवासीका अनुसार डंगर अति संकटापन्न गिद्ध ३१ वटा, सानो खैरो अति संकटापन्न गिद्ध एउटा, हिमाली संकटापन्न ३३ वटा र राजगिद्ध (संरक्षित) २ वटा गरि कुल ६७ वटा गिद्ध मरेका छन् । मृत कुकुरको सिनोमा विषादी रहेको हुनसक्ने र सोही सिनो खाएर गिद्ध मरेको हुनसक्ने नेपाल पंक्षी संरक्षण संघ बुटवलले जनाएको छ । कुकुर मारेर खुल्ला ठाउँमा फाल्ने व्यक्तिको समेत खोजी कार्य भैरहेको स्थानीय प्रशासनले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीयता कार्यान्वयनसँग जोडिएका कानुनहरूको निर्माणमा सक्रियतापूर्वक लागेको छु: सभामुख घिमिरे
-
एकैदिन ९ कम्पनीको लाभांश र साधारणसभासम्बन्धी निर्णय
-
जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने
-
शुक्रबारदेखि नेता कोइराला सुदूरपश्चिमका कार्यक्रममा व्यस्त हुने
-
कप्तान रोहित शर्माले बनाएको कुल रनभन्दा जसप्रित बुमराहले लिएको विकेट बढी !
-
सीजीको ‘क्रिकेटको मज्जा दोब्बर’ अफरमा एनपीएल टिकट वितरण