त्रिविद्वारा भर्चुअलबाट कक्षा लिन निर्देशन
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले कोरोना भाइरस अति प्रभावित जिल्लाका ठूला शहरका क्याम्पसको पठनपाठन भर्चुअल माध्यमबाट गर्न निर्देशन दिएको छ । त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले कोभिड–१९ को सङ्क्रमण बढ्दै गएकाले भर्चुअल माध्यमबाट कक्षा सञ्चालन गर्न निर्देशन दिएका हुन् ।
यसअघि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख मसान्तसम्म विद्यालय र कलेजलाई अनलाइन वा वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो । उनका अनुसार काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, झापा, सुनसरी, मोरङ, सप्तरी, जनकपुर, मकवानपुर, रुपन्देही, बुटवल, चितवन, बाँके, पर्सा, नेपालगञ्ज, दाङ, सुर्खेत, बागलुङ र महेन्द्रनगरमा सैद्धान्तिक कक्षा अनलाइनको माध्यमबाट सञ्चालन गर्न भनिएको छ ।
त्रिविले यी ठूला शहरबाहेक बाँकी जिल्लाका शहरमा भने स्थानीय तहसँगको समन्वयमा जनस्वास्थ्यका मापदण्ड लागू गरी कक्षा सञ्चालन गर्न आग्रह गरेको हो । यस्तै त्रिविले आवश्यक स्वास्थ्य सावधानी अपनाई परीक्षा सञ्चालन, २५ जनाभन्दा बढी उपस्थित नहुने गरी कुनै सभा, बैठक, गोष्ठी, सभा नगर्न र सबै कार्यालय, क्याम्पस, स्कुल र विभागले स्वास्थ्य सावधानी अपनाउँदै मास्क, सेनिटाइजर र साबुन पानीको आवश्यक व्यवस्था गर्न आग्रह गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण कहिले हुन्छ सार्वजनिक ?
-
ग्रिनल्यान्डको संसदीय चुनावमा अति राष्ट्रवादी पार्टीलाई सबैभन्दा बढी मत प्राप्त
-
कर्णाली मन्त्रिपरिषद् बैठक : के–के भए निर्णय ?
-
पक्लिहवा कृषि क्याम्पसमा निर्वाचन अधिकृतको राजीनामा माग्दै तालाबन्दी
-
लोकतन्त्रमा पूर्वराजाले पनि आफ्नो पक्षमा जनमत निर्माण गर्न पाउँछन् : अध्यक्ष राई
-
न्यून भिजिविलिटीका कारण विमान आकाशमै ‘होल्ड’