केन्द्रीय संस्करण

१८ वर्षकी भइन् अजय–काजोलकी छोरी, ड्रेसिङ सेन्सले बनायो ट्रोलको शिकार

person explore access_timeबैशाख ८, २०७८ chat_bubble_outline0

एजेन्सी । अजय देवगन र काजोलकी छोरी न्यासा १८ वर्षकी भइन् । अजय र काजोल दुबैले न्यासालाई सामाजिक सञ्जालमार्फत जन्मदिनको बधाई दिएका छन् । ‘प्यारी न्यासालाई जन्मदिनको बधाई । यस्तो तनावपूर्ण माहोलमा यस्तो सानो–सानो खुसीले राम्रो ब्रेक दिन्छ’ काजोलले लेखेकी छिन्,‘जब तिमी जन्मिएकी थियौं, म निकै नर्भस थिएँ । तिमीलाई हुर्काउनु स्कुलको परीक्षा सरह थियो । अब तिमी ठूलो भइसकेकी छौ । आफ्नो शक्तिको प्रयोग राम्रो कामका लागि गर्नु ।’

सिंगापुरमा पढ्छिन् 

अजय र काजोलका दुुई बच्चा न्यासा र युग छन् । २० अप्रिलमा जन्मिएकी न्यासा सोशल मिडियामा निकै सक्रिय छिन् । न्यासाको सोच फिल्ममा अभिनय गर्नेतर्फ छैन । विश्वविख्यात सेफ बन्ने उनको सपना छ । स्वीमिङकी सौखिन न्यासा अहिले सिंगापुरमा पढ्छिन् । 

आफ्नो लुक्स र ड्रेसिङ सेन्सका कारण प्राय सामाजिक सञ्जालमा उनी ट्रोलिङको शिकार भएकी छिन् । यसबारे अजयले पनि एक पटक आफ्नो आक्रोश व्यक्त गरेका थिए । ‘ट्रोलिङबाट न्यासामात्रै नभएर पूरै परिवार प्रभावित हुन्छ । मलाई लाग्छ कि मानिसहरु कहिलेकाँही आफ्नो गरिमा भुलेर बकवास काम गर्छन् । यी कस्ता मानिस हुन्, जसका हर्कतको मूल्य हामीले चुकाइरहेका छौं । म पापाराजीहरुलाई आग्रह गर्छु कि उनीहरुले हाम्रा बच्चालाई एक्लै छाडुन् । अभिभावक प्राख्यात हुनुको मूल्य बच्चाले किन चुकाउने ? मलाई लाग्दैन कि कुनै पनि स्टारकिड पापाराजीदेखि खुसी हुन्छ । उनीहरुलाई आफ्नो स्पेस चाहिन्छ । उनीहरु हरेक समय तयार भएर घरबाट निस्कन चाहदैंनन्, यो निकै खराब कुरा हो ।’
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.