शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

महाराष्ट्रमा अक्सिजन ट्यांक लिक, ११ बिरामीको मृत्यु, ३५ को अवस्था नाजुक

बुधबार, ०८ वैशाख २०७८, १४ : ५१
बुधबार, ०८ वैशाख २०७८

महाराष्ट्रको नासिकस्थित जाकिर हुसैन अस्पतालमा अक्सिजन ट्यांक लिक हुँदा अक्सिजनको आपूर्ति ३० मिनेट रोकिएको छ । यसघटनामा हालसम्म ११ जना बिरामीको मृत्यु भएको र कम्तिमा ३५ जना बिरामीको अवस्था नाजुक रहेको महानगरपालिकाका आयुक्त कैलाश जाधवले पुष्टि गरेका छन् ।

अक्सिजनको आपूर्ति रोकिएको बेला १७१ जना बिरामी अक्सिजनमा ६७ बिरामी भेन्टिलेटरमा थिए । अक्सिजन आपूर्ति रोकिँदा अस्पतालमा भागदौड मच्चिएको थियो ।

भारतीय मिडियाका अनुसार ट्यांकबाट आउने सप्लाई पाइपमा लिकेज भएको थियो । हाल उक्त समस्या हल गरिएको छ । यसका कारण २० किलो तरल अक्सिजन बर्बाद भएको थियो । घटनाबारे अस्पतालको साथै जिल्ला प्रशासनले जाँच शुरु गरेको छ ।

दैनिक भास्कर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप