शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अभिनेत्री करिश्मा मानन्धर एकान्तबास बस्ने

बुधबार, ०८ वैशाख २०७८, १४ : २४
बुधबार, ०८ वैशाख २०७८

काठमाडौंँ । सदाबहार अभिनेत्री करिश्मा मानन्धर एकान्तबास बस्ने भएकी छन् । उनले सामाजिक संजालमा एक पोष्ट गर्दै एकान्तबास बस्ने जानकारी दिएकी हुन् ।

वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ  र अभिनेत्री केकी अधिकारीलाई कोरोना पोजेटिभ देखिएकोले उनले केही दिन एकान्तबास गर्ने निर्णय गरेकी हुन् । उनले कन्ट्याक्ट ट्रेसिङमा परेकोबारे भने केही खुलाएकी छैनन् । 

‘आदरणीय मदनकृष्ण दाइको सपरिवार र केकी बहिनीलाई पनि कोरोना पोजिटिभ देखिएकोले केही लक्षण नदेखिए पनि आफू पनि केही दिन एकान्तमा बस्ने निर्णय गरेको छु’ उनले अगाडि लेखेकी छन् ‘दिनहु दुई पटक बाफ लिने गरौ ँ ।’ अभिनेत्री करिश्माले सबैलाई सुरक्षा विधिहरु अनिवार्य रूपमा पालन गर्न समेत अनुरोध गरेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप