शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मकवानपुरको मनहरीमा सवारी दुर्घटना, एक जनाको मृत्यु

बुधबार, ०८ वैशाख २०७८, १३ : ३९
बुधबार, ०८ वैशाख २०७८

मकवानपुर । मकवानपुरको मनहरी खरङ्गामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गतको मनहरी गाउँपालिका–९ खरङ्गामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

बा २ ख ९०२९ नम्वरको ट्रकले सोही दिशाबाट गइरहेको ना १ प ८४२६ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । मृत्यु हुनेमा मोटरसाइकलमा सवार हेटौंडा उपमहानगरपालिका–१९ गुम्बाडाँडा बस्ने वर्ष ३० का गुणसिह वाइवा रहेका छन् ।

त्यस्तै दुर्घटनामा मोटरसाइकलमा नै सवार उदयपुर घर भएका वर्ष २७ का मुकेश परियार घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले बताए । तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।  घाइते पुरुषको हेटौँडा ११ स्थित चुरेहिल हस्पिटलमा उपचार भइरहेको छ भने मृतकको शव हेटौँडा अस्पतालमा राखिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप