शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

बुधबार, ०८ वैशाख २०७८, ११ : ५३
बुधबार, ०८ वैशाख २०७८

तनहुँमा मोटरसाइकलको ठक्करबाट एक वृद्वाको मृत्यु भएको छ । जिल्लाको म्याग्दे गाउँपालिका–१ तल्लो गुणादी निवासी ७० वर्षीय राधिका लम्सालको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्लाको थर्पुबाट दमौलीतर्फ जाँदै गरेको ग१७प ८७४ नंको मोटरसाइकलले मङ्गलबार साँझ सडक किनारमा हिँडिरहेको अवस्थामा ठक्कर दिँदा ती वृद्धा सख्त घाइते भएकी थिइन् ।
 
दुर्घटनापश्चात तत्कालै दमौलीस्थित रत्नहरि मेमोरियल अस्पतालमा लगिएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सनाले जानकारी दिए । ठक्कर दिने उक्त मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप