सीईडीबीको आईपीओ वैशाख १७ देखि बिक्री खुला हुने
बुधबार, ०८ वैशाख २०७८, १० : ५८
सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले वैशाख १७ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले कुल २५ लाख १८ हजार २ सय ३० कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।
कम्पनीले यसमध्ये २ प्रतिशत अर्थात ५० हजार ३ सय ६५ कित्ता सेयर कर्मचारी र ५ प्रतिशत अर्थात १ लाख २५ हजार ९ सय ११ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ । बाँकी २३ लाख ४१ हजार ९ सय ५४ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । प्रतिकित्ता १०० रुपैयाँमा आवेदन दिन सकिनेछ ।
सीईडीबीको आईपीओमा वैशाख २१ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै आईपीओ बिक्री नभएमा भने वैशाख ३१ गतेसम्म खुला रहनेछ । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले सीइडीबीको यस आईपीओलाई औसत भन्दा कम आधार जनाउने ‘ग्रेड ४’ रेटिङ दिएको छ । यस आईपीओको बिक्री प्रबन्धक सनराइज क्यापिटल हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्योतिराजको फिल्म ‘नाक्छोङ’ को छायाङ्कन सुरु
-
स्क्यामरबाट बैंक खाता, इलेक्ट्रोनिक डिभाइस र सामाजिक सञ्जाल अकाउन्ट कसरी सुरक्षित बनाउने ?
-
आजै लगनगाँठो कस्दै मेलिना, को हुन् बेहुला ?
-
लगातार तेस्रो वर्ष पनि घट्यो चीनको जनसंख्या
-
‘मधेस आन्दोलनको एजेन्डा होइन रणनीति फेर्ने बेला आएको छ’
-
ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ