बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

बूढानीलकण्ठमा काँग्रेस पदाधिकारी बैठक जारी

बुधबार, ०८ वैशाख २०७८, १० : ३६
बुधबार, ०८ वैशाख २०७८

नेपाली काँग्रेसको पदाधिकारी बैठक जारी रहेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक बसिरहेको हो । बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टीको चौधौं महाधिवेशनलगायतका विषयमा छलफल केन्द्रीत रहेको पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए । 

काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गर्दै आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरिसकेपछि यसले मूर्तरूप लिन सकेको छैन। यद्यपि काँग्रेस, माओवादी केन्द्र र जसपाको एउटा समूहबीच निरन्तर छलफल हुँदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप