आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

हेटौंडामा कोरोना संक्रमित एक वृद्धको मृत्यु

बुधबार, ०८ वैशाख २०७८, १० : ०८
बुधबार, ०८ वैशाख २०७८

मकवानपुर । मकवानपुरमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नम्वर–४ का ७४ वर्षीय वृद्ध रहेका छन् ।

उनलाई केही दिन अघि कोरोनाको संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएसँगै होम आइसोलेशनमा बस्दै आएका बृद्धको आज विहान आफ्नै निवासमा मृत्यु भएका हेटौंडा उपमहानगरपालिकाका जन स्वास्थ्य अधिकृत भोला प्रसाद चौलागाईंले रातोपाटीलाई बताए ।

उनको शवलाई नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी भइरहेको चौलागाईंले बताए ।
पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि कोरोनाको जोखिम उच्च देखिएको छ । मकवानपुरमा पनि कोरोना संक्रमितको संख्या बृद्धि हुने क्रम तिव्र रहेको छ ।

गत २ दिनमा मात्रै मकवानपुरका ३४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप