राजकुमारी लतीफा : संयुक्त राष्ट्र संघले माग्यो जीवित रहेको प्रमाण
संयुक्त राष्ट्र संघले संयुक्त अरब एमिरेट्सकी राजकुमारी लतीफा जीवत रहेको ठोस प्रमाण माग गरेको छ । राजकुमारी लतीफालाई बन्धक बनाएर राखेको बताइन्छ । राजकुमारी लतीफाका पिता शेख मोहम्मद बिन राशिद अल मकतूम विश्वकै सबैभन्दा धनी राष्ट्राध्यक्षमध्ये एक हुन् । उनी दुबईका शासक तथा यूएईका उप–राष्ट्रपति पनि हुन् ।
जेनेभामा संयुक्त राष्ट्र संघको मानवअधिकार विशेषज्ञहरुले मंगलबार एक बयान जारी गर्दै राजकुमारी लतीफालाई तुरुन्त रिहा गर्न माग गरेको छ । राजकुमारी लतीफाले सन् २०१८ मा दुबईबाट भाग्ने प्रयास गरेकी थिइन् । तर, उनको प्रयास असफल भएको छ ।
दुबईको शाही परिवारले यसअघि लतीफा सुरक्षित रहेको र उनको घरमा नै देखभाल गरेर राखिएको बताएको थियो । यद्यपि, संयुक्त राष्ट्र संघले लतीफाको बारेमा थप जानकारी माग गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्र संघका विशेषज्ञहरूले पुनः यूएईको सरकारलाई लतीफाबारे सार्थक सूचना दिन माग गरेको छ । शाही परिवारले ‘घरमा उनको देखभाल गरिरहेको’ भन्ने जवाफ पर्याप्त नभएको उनीहरुको भनाइ छ ।