
प्रदेश लोकसेवा आयोगको लिखित परीक्षा स्थगित
मकवानपुर । कोरोना संक्रमणको जोखिम बढेसँगै प्रदेश लोकसेवा आयोग बागमती प्रदेश हेटौंडाको यही बैशाख १७ र १८ गते हुने लिखित परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ ।
आयोगले यसअघि लिखित परीक्षाको लागि जारी गरेको सूचना रद्ध गर्दै अर्को सूचना जारी नभएसम्मको लागि लिखित परीक्षा स्थगित गरिएको जनाएको छ ।
मंगलबार एक सूचना जारी गर्दै आयोगको यही बैशाख १७ र १८ गते हुने भनिएको विज्ञापन नं २२४–२२७र०७७–७८ (खुला र समावेशी), एकीकृत परीक्षा अन्तर्गत प्रशासन सेवा, सामान्य प्रशासन समूह र लेखा समूह, सहायकस्तर चौथौ र सह लेखापाल पदको दोस्रो चरणको लिखित परीक्षा अर्को व्यवस्था नभएसम्मको लागि स्थगित गरिएको आयोगले जनाएको छ ।
आयोगका निमित्त सचिव भोला दाहालका अनुसार गत पुस २५ गते उक्त पदहरुको पहिलो चरणको परीक्षा संचालन गरी गत चैत १६ गते नतिजा प्रकाशन गरिएको थियो । मानव स्वास्थ्य नै मुख्य कुरा भएको र र जोखिमको अवधिभर भीडभाड हुने गरी कुनै पनि कार्य नगर्न सरकारको स्पष्ट निर्देशन भएकोले परीक्षा रद्ध गर्न परेको दाहालले रातोपाटीलाई बताए ।
परीक्षा स्थगित भएसँगै २ हजार ५ सय ७२ जना परिक्षार्थीहरु परीक्षा दिनबाट बञ्चित भएका छन् ।
परीक्षा स्थगित भएपछि परीक्षाको तयारी गरिरहेका परिक्षार्थीहरु समस्यामा परेका छन् । परीक्षार्थीहरूले परीक्षा स्थगित भएपछि परीक्षा कहिले हुने भन्ने सन्दर्भमा चासो चिन्ता व्यक्त गरेका छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ