प्रदेश २ मा आज सार्वजनिक बिदा
बुधबार, ०८ वैशाख २०७८, ०८ : १३

काठमाडौं । प्रदेश २ सरकारले बुधबार (आज) सार्वजनिक बिदा दिएको छ।
भगवान् रामको जन्मोत्सव अर्थात रामनवमीको अवसरमा प्रदेश सरकारले बिदा दिएको मुख्यमन्त्री लालबाबु राउतद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
मुख्यमन्त्री राउतले प्रदेशवासीलाई रामनवमीको शुभकामना पनि दिएका छन् ।